News Portal

  • कंचनपुर : हात्तीको आक्रमणबाट घाइते बिष्टलाई प्रवासी नेपालीद्वारा आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    कञ्चनपुर, २ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित श्री मधु सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु ६० वर्षीय परी बिष्टलाई मङ्सिर २५ गते साँझ जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर चोट लागेर धनगढीको मायामेट्रो अस्पतालमा उपचार गराइएको थियो।

    आर्थिक अवस्था कमजोर भएका बिष्टको उपचारका लागि भारतका विभिन्न स्थानबाट सहयोगको अभियान चलाइएको थियो। उहाँको उपचार खर्च जुटाउनका लागि प्रवासमा बस्ने दुई जना खगेन्द्र बिष्ट (खगी) र खगेन्द्र बिष्टले उक्त अभियानमा सञ्चालन गर्नुभएको थियो।

    उक्त अभियानमा भारतका विभिन्न स्थानहरूमा रहेका सहयोगी प्रवासी नेपालीहरूले आर्थिक सहयोग जुटाउनु भएको छ। ५९ जनाबाट १ लाख २ हजार ५ सय नेपाली रुपैयाँ सङ्कलन गरिएको छ।

    सम्पूर्ण सहयोगीहरूलाई अभियन्ताद्वय खगेन्द्र बिष्टले योगदानका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगको अपेक्षा गरिएको  बताउनु भएको छ। उक्त सहयोग रकम आज पुनर्वास बस्ने बलबहादुर बिष्टमार्फत घाइते परी बिष्टलाई हस्तान्तरण गरिएको छ।

    मङ्सिर २५ गते साँझ बनमै हेरालुको काम गरिरहेको बेला एक्कासि हात्तीले आक्रमण गरी घाइते हुनु भएका बिष्टको छातीमा चोट लागेको थियो । अहिले परी बिष्टको स्वास्थ्य स्थितिमा सुधार आएको र उहाँ घर फर्किसक्नु भएको छ। उहाँको उपचारका लागि सरकारी राहत भने प्रक्रियामै रहेको छ।

    वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० बमोजिम घाइतेको हकमा अधिकतम रु. दुई लाख रकमसम्म राहत पाउने व्यवस्था रहेको छ। सोही निर्देशिका बमोजिम राहतका लागि डिभिजन बन कार्यालय कञ्चनपुरलाई सिफारिस गरिएको र त्यो प्रक्रियामै रहेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेशकुमार यादवले जानकारी दिनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...