News Portal

विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बालबालिकाहरूका लागि खेलकुद सामग्री वितरण गरेको छ।

रबिन्द्र बराल
२३२ पटक

माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बालबालिकाहरूका लागि खेलकुद सामग्री वितरण गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै वडाले श्री गुलेश्वरी आधारभूत विद्यालय, श्री जनता आधारभूत विद्यालय, श्री विष्णु आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय, र श्री मदरसा विद्यालय गरी ५ वटा विद्यालयहरूलाई सामग्री वितरण गरेको छ।

उक्त कार्यक्रममा नगरप्रमुख श्याम, प्रशासकीय अधिकृत किशोरी, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, वडा सदस्य, विभिन्न विद्यालयका शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। वडाले प्रत्येक विद्यालयलाई १ लाख रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयका प्रधानाध्यापकहरूले बालबालिकाहरू ठूलो संख्यामा टिफिनको समयमा विद्यालयबाट भागेर विद्यालय छाड्ने गरेको गुनासो वडा अध्यक्षलाई जानकारी गराएपछि, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरको पहलमा सामुदायिक विद्यालयमा गरिब तथा अति विपन्न परिवारका बालबालिकाहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको हो।

ठाकुरले भने, “बालबालिका नियमित पठनपाठनमा सहभागी होऊन् र टिफिन समयमा विद्यालयमै उपलब्ध सामग्रीको सदुपयोग गर्दै खेलकुदमा रुचि बढाउन् भनेर यो कदम चालेका हौं।”

विद्यालयका लागि चिप्लेटी, पिङ, चर्खा, तथा अन्य विभिन्न प्रकारका सामग्रीहरू वितरण गरिएको छ।

समग्र नगरभरि वडा नं ५ को शैक्षिक स्तर निरन्तर प्रगतिमा अगाडि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...