News Portal

  • विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

    सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बालबालिकाहरूका लागि खेलकुद सामग्री वितरण गरेको छ।

    रबिन्द्र बराल
    १८५ पटक

    माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बालबालिकाहरूका लागि खेलकुद सामग्री वितरण गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै वडाले श्री गुलेश्वरी आधारभूत विद्यालय, श्री जनता आधारभूत विद्यालय, श्री विष्णु आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय, र श्री मदरसा विद्यालय गरी ५ वटा विद्यालयहरूलाई सामग्री वितरण गरेको छ।

    उक्त कार्यक्रममा नगरप्रमुख श्याम, प्रशासकीय अधिकृत किशोरी, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, वडा सदस्य, विभिन्न विद्यालयका शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। वडाले प्रत्येक विद्यालयलाई १ लाख रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

    विद्यालयका प्रधानाध्यापकहरूले बालबालिकाहरू ठूलो संख्यामा टिफिनको समयमा विद्यालयबाट भागेर विद्यालय छाड्ने गरेको गुनासो वडा अध्यक्षलाई जानकारी गराएपछि, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरको पहलमा सामुदायिक विद्यालयमा गरिब तथा अति विपन्न परिवारका बालबालिकाहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको हो।

    ठाकुरले भने, “बालबालिका नियमित पठनपाठनमा सहभागी होऊन् र टिफिन समयमा विद्यालयमै उपलब्ध सामग्रीको सदुपयोग गर्दै खेलकुदमा रुचि बढाउन् भनेर यो कदम चालेका हौं।”

    विद्यालयका लागि चिप्लेटी, पिङ, चर्खा, तथा अन्य विभिन्न प्रकारका सामग्रीहरू वितरण गरिएको छ।

    समग्र नगरभरि वडा नं ५ को शैक्षिक स्तर निरन्तर प्रगतिमा अगाडि बढिरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...