News Portal

केरलामा दलित छात्रामाथि सामूहिक बलात्कार, २० अभियुक्त पक्राउ

केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा ६४ जनामध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२३१ पटक

केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा ६४ जनामध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

अभियुक्तमा छिमेकी, बुबाका साथी, खेल प्रशिक्षकसहित विभिन्न व्यक्तिहरू रहेका छन्। तीमध्ये दुई नाबालिग छन् भने बाँकी १९ देखि ४७ वर्षका छन्।

डेपुटी एसपी नन्दकुमार एसका अनुसार घटनामा एससी-एसटी ऐन र पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पाँच वर्षयता तीन सामूहिक बलात्कारका घटना भएको खुलेको छ। पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारको प्रमाण फेला परेको छ, जसको आधारमा पीडितलाई ब्ल्याकमेल गरिन्थ्यो।

कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रम मार्फत घटना सार्वजनिक भएपछि पीडित र उनकी आमाले बाल कल्याण समितिमा घटनाबारे बताए। राष्ट्रिय महिला आयोग र केरला महिला आयोगले घटनालाई विशेष निगरानीमा राख्दै प्रतिवेदन माग गरेका छन्। पीडित र उनकी आमा सुरक्षित स्थानमा राखिएका छन्।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...