News Portal

केरलामा दलित छात्रामाथि सामूहिक बलात्कार, २० अभियुक्त पक्राउ

केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा ६४ जनामध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२५३ पटक

केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा ६४ जनामध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

अभियुक्तमा छिमेकी, बुबाका साथी, खेल प्रशिक्षकसहित विभिन्न व्यक्तिहरू रहेका छन्। तीमध्ये दुई नाबालिग छन् भने बाँकी १९ देखि ४७ वर्षका छन्।

डेपुटी एसपी नन्दकुमार एसका अनुसार घटनामा एससी-एसटी ऐन र पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पाँच वर्षयता तीन सामूहिक बलात्कारका घटना भएको खुलेको छ। पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारको प्रमाण फेला परेको छ, जसको आधारमा पीडितलाई ब्ल्याकमेल गरिन्थ्यो।

कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रम मार्फत घटना सार्वजनिक भएपछि पीडित र उनकी आमाले बाल कल्याण समितिमा घटनाबारे बताए। राष्ट्रिय महिला आयोग र केरला महिला आयोगले घटनालाई विशेष निगरानीमा राख्दै प्रतिवेदन माग गरेका छन्। पीडित र उनकी आमा सुरक्षित स्थानमा राखिएका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...