News Portal

मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस, र ३ किलो ४७० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२२१ पटक

मकवानपुर प्रहरीले १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस, र ३ किलो ४७० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई भारतीय नागरिक र एक नेपाली छन्।

शनिबार राति थाहा नगरपालिका-११ टिस्टुङमा भारतीय नम्बर प्लेटको कार जाँच गर्दा २१ किलो ४६० ग्राम चरेससहित हरियाणाका कुनाल गोथ्वाल (२५) र मानिसकुमार (२०) पक्राउ परेका हुन्।

आइतबार बिहान हेटौँडा-१५ रातोमाटे चेकपोइन्टमा अर्को भारतीय नम्बर प्लेटको कारबाट १०१ किलो गाँजा फेला परेपछि पर्साका राजन रारूत कुर्मी (२०) पक्राउ परेका छन्।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...