News Portal

काठमाडौं महानगरले ७२० शिक्षकलाई तालिम दिने

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ७२० जना शिक्षकका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संगीता गुरुङ
२२४ पटक

काठमाडौं, २६ पुस। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ७२० जना शिक्षकका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत ३ माघबाट सुरु हुने यस तालिममा विषयगत अध्ययन, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन, र एकीकृत पाठ्यक्रमको व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिने छ।

महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत शिक्षकहरूलाई सहभागी गराउने योजना बनाएको छ। आवेदन खुलेको जानकारी दिँदै शिक्षा विभागले सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्राथमिकतामा राखिने जनाएको छ।

यस तालिमले शिक्षकहरूको शैक्षिक ज्ञान र सीपलाई व्यवहारिक र सिर्जनात्मक बनाउँदै शैक्षिक सुधारको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने महानगरको दाबी छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...