News Portal

काठमाडौं महानगरले ७२० शिक्षकलाई तालिम दिने

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ७२० जना शिक्षकका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संगीता गुरुङ
१७६ पटक

काठमाडौं, २६ पुस। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ७२० जना शिक्षकका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत ३ माघबाट सुरु हुने यस तालिममा विषयगत अध्ययन, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन, र एकीकृत पाठ्यक्रमको व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिने छ।

महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत शिक्षकहरूलाई सहभागी गराउने योजना बनाएको छ। आवेदन खुलेको जानकारी दिँदै शिक्षा विभागले सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्राथमिकतामा राखिने जनाएको छ।

यस तालिमले शिक्षकहरूको शैक्षिक ज्ञान र सीपलाई व्यवहारिक र सिर्जनात्मक बनाउँदै शैक्षिक सुधारको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने महानगरको दाबी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...