News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

    जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    संगीता गुरुङ
    ७२ पटक

    २५ पुस, काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि लामिछाने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन्।

    सरकारी वकिल कार्यालय, कास्कीले लामिछानेलगायत ६३ जनाविरुद्ध ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्रसहित जिल्ला अदालतमा एक अर्ब ५१ करोड बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो।

    लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग लगाइएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो दाबी गरिएको छ।

    मुद्दामा लामिछानेसँगै पूर्वडिआइजी र गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लामिछानेका सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन्।

    लामो बहसपछि आज अदालतले थुनछेक आदेश दिएको हो।

    प्रतिकृया दिनुहोस्

    धनगढीमा अटोमा बेहोस भएका व्यक्तिको मृत्यु

    धनगढी, पुस २६ – धनगढीमा अटो रिक्सामा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ। शहीदगेटदेखि...

    नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो

    काठमाडौं, पुस २६ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला...

    रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

    काठमाडौं, पुस २६ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका...

    भर्जिनियामा गाडी डुब्दा दुई नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ५५...

    डोल्पाको मुड्केचुलामा गरिब-दुखी लक्षित न्यानो कपडा बितरण

    डोल्पा। डोल्पा जिल्लाको मुड्केचुला गाउपालिका वडा नं ६ नर्कुमा गरिब, दुखी, असहाय र अपांग लक्षित...