News Portal

टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

टोखा नगरपालिका–८, मिलनटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ।

संगीता गुरुङ
३२१ पटक

२५ पुस, काठमाडौं – टोखा नगरपालिका–८, मिलनटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ।

बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट, शिवपुरी गाउँपालिका–५ निवासी तथा हाल काठमाडौं तार्केश्वर बस्दै आएकी ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी लामालाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यस्तै, दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...