News Portal

टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

टोखा नगरपालिका–८, मिलनटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ।

संगीता गुरुङ
२५५ पटक

२५ पुस, काठमाडौं – टोखा नगरपालिका–८, मिलनटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ।

बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट, शिवपुरी गाउँपालिका–५ निवासी तथा हाल काठमाडौं तार्केश्वर बस्दै आएकी ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी लामालाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यस्तै, दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...