News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

    अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ।

    संगीता गुरुङ
    १७८ पटक

    अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर ३९ वर्षीया दीक्षा दाहालको मृत्यु भएको छ। घटना करिब ६ दिनअघिको भए पनि अहिले यसको अनुसन्धानले नयाँ मोड लिएको छ।

    घटनाअघि अपार्टमेन्टबाट आपतकालीन सेवा ‘०००’ मा फोन गरिएको र पृष्ठभूमिमा भनाभनको आवाज सुनिएको डेली मेलले जनाएको छ। तर, स्पष्ट कुराकानी नभएपछि थप दुईपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।

    पुलिसले दीक्षाका पति रवीन्द्र सुवेदीलाई सोधपुछका लागि पक्राउ गरे पनि प्रमाण अभावका कारण उनलाई रिहा गरेको छ। दाहाल अष्ट्रेलियामा नर्सका रूपमा कार्यरत थिइन्।

    उनीहरूको वैवाहिक जीवनमा विवाद रहेको र केही समयदेखि अलग्गै बस्दै आएको बताइएको छ। घटनाको कारण पत्ता लगाउन सीसीटीभी फुटेजसहित अनुसन्धान भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    डोल्पाको मुड्केचुलामा गरिब-दुखी लक्षित न्यानो कपडा बितरण

    डोल्पा। डोल्पा जिल्लाको मुड्केचुला गाउपालिका वडा नं ६ नर्कुमा गरिब, दुखी, असहाय र अपांग लक्षित...

    रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

    २५ पुस, काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५...

    टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    २५ पुस, काठमाडौं – टोखा नगरपालिका–८, मिलनटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ।...

    चीनमा शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्प

    काठमाडौं, माघ २५ – चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्।...

    लाइसेन्स कार्ड वितरणमा चरम ढिलाइ: समस्या कहिले समाधान होला?

    काठमाडौँ – स्मार्ट लाइसेन्स वितरण प्रक्रियामा चरम ढिलाइ हुँदा सेवाग्राहीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।...