News Portal

  • स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी, तीन जना पक्राउ

    स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको आरोपमा ३ जना पक्राउ परेका छन्।

    संगीता गुरुङ
    २२१ पटक

    काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो।

    पक्राउ परेकाहरूमा नुवाकोटका २६ वर्षिय सुजन नेपाली, सिन्धुपाल्चोककी ३२ वर्षिय मिनसाङ लामा र काभ्रेका २२ वर्षिय लालबहादुर तामाङ रहेका छन्।

    १४ पुसमा दुबईबाट त्रिभुवन विमानस्थल ओर्लिएकी महिलाले अवैध रूपमा झण्डै ४३६ ग्राम सुन ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ। सुनसँगै तीन थान मोबाइल र मोटरसाइकल बरामद भएको छ।

    पक्राउ परेकाहरू विरुद्ध भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...