News Portal

स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी, तीन जना पक्राउ

स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको आरोपमा ३ जना पक्राउ परेका छन्।

संगीता गुरुङ
३४५ पटक

काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो।

पक्राउ परेकाहरूमा नुवाकोटका २६ वर्षिय सुजन नेपाली, सिन्धुपाल्चोककी ३२ वर्षिय मिनसाङ लामा र काभ्रेका २२ वर्षिय लालबहादुर तामाङ रहेका छन्।

१४ पुसमा दुबईबाट त्रिभुवन विमानस्थल ओर्लिएकी महिलाले अवैध रूपमा झण्डै ४३६ ग्राम सुन ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ। सुनसँगै तीन थान मोबाइल र मोटरसाइकल बरामद भएको छ।

पक्राउ परेकाहरू विरुद्ध भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...