News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता

    कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ।

    संगीता गुरुङ
    ५० पटक

    २१ पुस, काठमाडौँ – कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो।

    सहकारी ठगी आरोपमा हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ।

    स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य रवि लामिछानेसहित ३८ अन्य व्यक्तिहरू पनि प्रतिवादी बनेका छन्।

    प्रमुख प्रतिवादीहरूमा स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल लगायत अन्य सञ्चालक सदस्यहरू र विभिन्न कम्पनीका सञ्चालकहरू समावेश छन्।

    अन्य प्रतिवादीहरूमा जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्त बाबु राई र खिमानन्द कँडेल रहेका छन्। साथै, विभिन्न कम्पनीका सञ्चालक र सदस्यहरू पनि मुद्दामा प्रतिवादी छन्।

    यो मुद्दा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिका सदस्यहरूको सामूहिक अनियमितता र ठगीका कारण भएको हो।

    प्रतिकृया दिनुहोस्

    आज सुनको मूल्यमा वृद्धि

    २४ पुस, काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ। नेपाल...

    रवि लामिछाने विरुद्धको थुनछेक बहस सम्पन्न

    काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस...

    सरस्वती बहुमुखी क्याम्पसमा हल्ट प्राइज अन्तर्गत व्यावसायिक क्यानभास मोडेल कार्यशाला सम्पन्न

    काठमाडौँ – सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज प्रतियोगिता अन्तर्गत व्यावसायिक क्यानभास मोडेल सम्बन्धी कार्यशाला भव्य...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

    पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको...

    भारतमा एचएमपी भाइरसका संक्रमित ८ पुगे

    नयाँ दिल्ली – भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा...