News Portal

घरको कामको मूल्याङ्कनबाट विद्यार्थीलाई नम्बर दिने निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ।

संगीता गुरुङ
१९८ पटक

काठमाडौं, पुस १८ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ।

शिक्षामन्त्री विद्या भट्टराईका अनुसार पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउन जिम्मा दिइएको छ। विज्ञसँग छलफल गरेर १५ दिनभित्र प्रस्ताव ल्याउन निर्देशन दिइएको छ।

शैक्षिक सत्र २०८२ देखि लागू हुने यो निर्णयले श्रम र सिपलाई सम्मान गर्ने उद्देश्य राखेको छ।घरको काम, जस्तै खाना पकाउने, घाँस काट्ने, भाइबहिनी हेर्ने, र खेतबारीमा सघाउनेजस्ता गतिविधिलाई आन्तरिक मूल्याङ्कनमा समेटिनेछ।

कक्षा ४ देखि ८ सम्म आन्तरिक र बाह्य परीक्षाका लागि ५०-५० अंक छुट्टाइएको छ भने कक्षा ९ देखि १२ का लागि २५ अंक आन्तरिक र ७५ अंक बाह्य परीक्षामा राखिएको छ। आन्तरिक मूल्याङ्कनमा केही अंक घरको कामका लागि छुट्याइनेछ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...