News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सर्लाहीमा बस दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

    बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ।

    संगीता गुरुङ
    ६१ पटक

    १७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ।

    दुर्घटना गएराति करिब पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि भएको हो। काठमाडौं तर्फ जाँदै गरेको बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिँदा निरीक्षक तुलाधरलाई बसले थिचेको थियो।

    गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकहरूले राति पौने १० बजे उनलाई मृत घोषणा गरेका थिए।

    सशस्त्र प्रहरी बल, १० नम्बर गण दरबन्दीमा रहेका निरीक्षक तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए।

    प्रहरीका अनुसार बस अनियन्त्रित हुनुको कारणबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    कैलालीमा ४६ जनाले एमाले परित्याग गरे

    २२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक...

    भारतमा एचएमपीभी भाइरस देखियो, सरकार सतर्क

    नयाँ दिल्ली – चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ। पहिलोपटक बैंगलुरुको...

    सूर्यदर्शन प्रकरण: रवि लामिछानेपक्षका वकिलहरूको बहस आज

    पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी,...

    स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी, तीन जना पक्राउ

    काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका...

    रवि लामिछानेको बयान: ‘जिबी राई र रविना रिमालको अनुमति बिना चेक जारी हुँदैनथ्यो

    काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी...