News Portal

प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका छन्।

संगीता गुरुङ
३६३ पटक

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार राईलाई प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन्।

झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले सचिव पदका लागि सिफारिस गरेका थिए।

सिफारिस गरिएका राई नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रहेका छन्। उनले भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालका सल्लाहकारका रूपमा पनि सेवा गरेका थिए।

प्रतिनिधि सभा सचिव पद सुरेश अधिकारीले राजीनामा दिएपछि खाली भएको थियो।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...