News Portal

वीरगन्जमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

वीरगन्ज महानगरपालिका-१६ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले पुस १५ गते विभिन्न किसिमका लागूऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२२३ पटक

काठमाडौँ: पर्साको वीरगन्ज महानगरपालिका-१६ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले पुस १५ गते विभिन्न किसिमका लागूऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री राम रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले भारतबाट पैदल आइरहेका उनलाई नियन्त्रणमा लिएको हो।

उनको टाउकोमा बोकेको हरियो खुर्सानीको बोराभित्र लुकाइछिपाई राखिएको डाईजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराइड ईन्जेक्सन ४९७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रामलाई बरामद लागूऔषध सहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...