News Portal

वीरगन्जमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

वीरगन्ज महानगरपालिका-१६ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले पुस १५ गते विभिन्न किसिमका लागूऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३३९ पटक

काठमाडौँ: पर्साको वीरगन्ज महानगरपालिका-१६ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले पुस १५ गते विभिन्न किसिमका लागूऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री राम रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले भारतबाट पैदल आइरहेका उनलाई नियन्त्रणमा लिएको हो।

उनको टाउकोमा बोकेको हरियो खुर्सानीको बोराभित्र लुकाइछिपाई राखिएको डाईजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराइड ईन्जेक्सन ४९७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रामलाई बरामद लागूऔषध सहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...