आज : २०२६-०६-२६, शुक्रबार

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना, सबै घाइते खतरामुक्त

पुस १५,चितवन – नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिक आज बिहान बस र ट्रक ठोक्किँदा ६ जना घाइते भएका छन्।

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५१ नम्बरको बसले बिग्रिएर सडक छेउमा रोकि राखेको ट्रकलाई ठक्कर दिँदा घटना भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ, र सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ। दुर्घटना जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढ तर्फ भएको थियो।