News Portal

अछाम: कमलबजार विमानस्थलको परीक्षण उडान सम्पन्न, मन्त्री पाण्डेद्वारा उद्‌घाटन

हिमालीसंचार संवाददाता
२२० पटक

अछाम,१३ पौष । अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार नेपालगन्ज विमानस्थलबाट उडेको तारा एयरको जहाज सुरक्षित रूपमा अवतरण गर्दै परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको हो । ऐतिहासिक उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। परीक्षण उडानका लागि क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू पनि जहाजमा सवार थिए। उडानपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार नै विमानस्थल उद्‌घाटन गर्नुभएको छ ।

२०४९ सालमा निर्माण सुरू गरिएको कमलबजार विमानस्थल २०५८ सालमा सम्पन्न भई सञ्चालनको तयारीमा थियो । तर तत्कालीन विद्रोही माओवादीले रिपिटर टावर ध्वस्त बनाएपछि परीक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो । यसपछि एकैपटक विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।

परीक्षण उडान सफल भएपछि स्थानीयवासीले यसलाई आफ्नो दशकौं लामो सपना साकार भएको बताएका छन् । जिल्लाका लागि ऐतिहासिक दिन भएकाे भन्दै त्यस क्षेत्रका नागरिक हवाई यातायातको पहुँचमा आउने भएपछि स्थानीयहरु खुसी भएका छन। परीक्षण उडान सफल भएसँगै कमलबजार विमानस्थलमा छिट्टै नियमित हवाई सेवा सुरु हुनुपर्ने स्थानीयको भनाई छ । नियमित हवाई सेवाले अछाम र आसपासका क्षेत्रलाई देशको मुख्य सञ्जालसँग जोड्नेछ भने दुर्गम क्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भिडियो रिपोर्ट :-

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...