News Portal

  • रवि लामिछाने सहित चारजना बयानको लागि अदालतमा

    रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ।

    संगीता गुरुङ
    १६९ पटक

    पोखरा – सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ। उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा लगिएको हो।

    सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलनको आरोपमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र गत शुक्रबार र आइतबार दर्ता गरेको थियो। हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीलाको बयान चलिरहेको छ। लीलाको बयानपछि रविको प्रक्रिया सुरु हुने बताइएको छ।

    मुद्दामा व्यक्ति र कम्पनीसहित ६३ जना प्रतिवादी छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक...

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा...

    एनआरएनए मलेसियामा एकता अधिवेशन गर्न सहमति, ३० र ३१ अगस्टमा अधिवेशन हुने

    क्वालालम्पुर, साउन ५ — मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन यही २०२५...

    जनकपुरको होटलमा हत्या : विवाहेत्तर सम्बन्ध र पैसाको लेनदेन विवाद मुख्य कारण, युवती पक्राउ

    जनकपुरधाम, साउन ५ – महोत्तरीका एक युवाको जनकपुरस्थित होटलमा भएको रहस्यमय हत्या पछाडि विवाहबाहिरको सम्बन्ध...