News Portal

मोरङ बलात्कार केस: तीन जना पक्राउ

महिलाको बयानका आधारमा अनुसन्धान अघि बढाइ प्रहरीले तीन जनालाई पक्राउ गरेका छन्।

संगीता गुरुङ
३३४ पटक

मोरङ – कटहरी गाउँपालिका-२ मा आइतबार मध्यान्ह अचेत अवस्थामा फेला परेकी महिला माथि बलात्कार भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न तीन जनालाई आइतबार राति नै पक्राउ गरिएको छ। पीडित महिला घरबाट निस्किएर करिब दुई किलोमिटर टाढा बाँसको झ्याङमा हात-खुट्टा बाँधिएको, मुखमा पट्टी लगाइएको र कपडाहरू च्यातिएको अवस्थामा अचेत फेला परेकी थिइन्।

प्रहरीले पीडितलाई कोशी प्रदेश अस्पतालमा उपचारका लागि पठाएको छ। होसमा आएपछि महिलाको बयानका आधारमा अनुसन्धान अघि बढाइएको डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्। तीन जना पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...