News Portal

हाइटीमा गोली प्रहार: दुई पत्रकारसहित तीन जनाको मृत्यु

क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।

संगीता गुरुङ
३९० पटक

१० पुस, काठमाडौं। क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।

देशकै ठूलो सरकारी अस्पताल पुनः खोल्ने विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको हो। उक्त अस्पताल हिंस्रक समूहले कब्जा गरेको थियो।

पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रीको उपस्थिति अपेक्षित थियो। तर, ११ बजेसम्म पनि नआउँदा प्रतीक्षारत पत्रकारहरु बीच गोली प्रहार भएको हो। आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ।

स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल (जनरल अस्पताल) मा हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च देखि अस्पताल बन्द थियो।

यसअघि पनि हाइटीमा हिंसाका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो। हाल देश द्वन्द्वग्रस्त स्थितिमा छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...