News Portal

हाइटीमा गोली प्रहार: दुई पत्रकारसहित तीन जनाको मृत्यु

क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।

संगीता गुरुङ
२६४ पटक

१० पुस, काठमाडौं। क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।

देशकै ठूलो सरकारी अस्पताल पुनः खोल्ने विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको हो। उक्त अस्पताल हिंस्रक समूहले कब्जा गरेको थियो।

पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रीको उपस्थिति अपेक्षित थियो। तर, ११ बजेसम्म पनि नआउँदा प्रतीक्षारत पत्रकारहरु बीच गोली प्रहार भएको हो। आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ।

स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल (जनरल अस्पताल) मा हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च देखि अस्पताल बन्द थियो।

यसअघि पनि हाइटीमा हिंसाका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो। हाल देश द्वन्द्वग्रस्त स्थितिमा छ।

प्रतिकृया दिनुहोस्

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...