News Portal

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।

हिमालीसंचार संवाददाता
२७२ पटक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। नियमित उडान गर्दै आएको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि सबै उडान रोकिएको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार शनिबारसम्म उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन प्रतिस्थापनका लागि अर्डर गरिएको छ। “इन्जिन डेलिभरीका लागि टेन्डर प्रक्रियाअनुसार ४५ दिनभित्र आइपुग्नेछ,” पौडेलले भने।

हाल निगमसँग दुई ट्विनअटर जहाज छन्, जसमध्ये एउटा गत जेठदेखि ग्राउन्डेड अवस्थामा छ भने अर्कोको उडान आवर सकिएपछि हाललाई उडान ठप्प भएको हो। नयाँ इन्जिन जडान भएपछि मात्रै आन्तरिक उडान पुनः सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...