News Portal

बोक्सीको आरोपमा महिलामाथि कुटपिट, अवस्था गम्भीर

कैलालीको भजनी नगरपालिकामा ३० वर्षीया महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ।

संगीता गुरुङ
२१८ पटक

धनगढी – कैलालीको भजनी नगरपालिकामा ३० वर्षीया महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ। पुस ४ गते दिउँसो गाउँलेहरूको समूहले उनलाई घरबाट तानेर निर्घात कुटपिट गरेको थियो।

अचेत अवस्थामै उनलाई स्थानीय स्वास्थ्य केन्द्र लगिए पनि अवस्था गम्भीर भएपछि धनगढी


स्थित नवजीवन अस्पतालमा सघन उपचार कक्षमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार कुटपिटले मांसपेशीमा गम्भीर क्षति पुर्याएको छ र उनको स्वास्थ्य सुधारको लागि अझै निगरानी आवश्यक छ।

पीडितकी आमाका अनुसार गाउँका भलमन्सा र गुरुबाको आदेशमा कुटपिट गरिएको हो। यसअघि पनि उनलाई बोक्सी भन्दै कुटपिट गरिएको थियो। गाउँलेहरूले जबर्जस्ती ‘म बोक्सी हुँ’ भन्न लगाउन खोज्दा अस्वीकार गर्दा कुटपिट भएको उनले बताइन्।

घटना पछि पीडितका परिवारले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले चार जनालाई पक्राउ गरे पनि दुई जना अझै फरार रहेको जनाएको छ।

घटनाबारे महिला अधिकारवादी संघसंस्थाहरूले पीडितको स्वास्थ्य उपचार र दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन् भने थारु कल्याणकारिणी सभा र महिला पुनर्स्थापना केन्द्रले पीडितलाई सम्मानपूर्वक जीवनयापनको प्रत्याभूति गराउन राज्यलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...