News Portal

  • पुष ९ गते मंगलबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ५०९ पटक

    आज मिति वि.सं.२०८१ पुष ९ गते मंगलबार || सन् २०२४ डिसेम्बर २४ तारिख || नेपाल सम्बत ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । आजको दिन साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नयाँ स्रोत थपिनेछन् भने कामको दायित्व बढ्नेछ । विशेष सभा–समारोहमा भाग लिने तथा आमोदप्रमोदमा रम्ने मौका जुर्ला । मानसम्मान मिल्ने योग छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    दिन उत्साहजनक रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइ तथा रचनात्मक कार्यमा सुधार आउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । उद्योग तथा व्यापारका क्षेत्रमा रहेकालाई राम्रै लाभ मिल्ने देखिन्छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । परिवारिकसुखले उत्साह जगाउला । नियमित कर्ममा आकर्षण बढ्नेछ । मित्रजनके सहयोगले यात्रापरक काम बन्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय भएपनि आजको दिन आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । तथापि, परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । शत्रुपक्ष कमजोर पर्नेछन् । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन आर्थिक अभावले अलिक सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ, ध्यान राख्नुहोला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । मित्रजन एवम् कुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुने देखिन्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । विशेष योजनामा हात हाल्दै हुनुहुन्छ भने धैर्यले काम लिनु उचित हुनेछ । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    श्रमको उचित मूल्यांकन हुने समय छ । रोकिएका काम सुरु हुनेछन । व्यवसायमा प्रगति हुनेछ भने धनलाभको योग छ । बौद्धिक पक्ष सबल रहला, साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सन्तानपक्षबाट सुख मिल्नेछ । आफन्तजन सहयोगी बनेर देखापर्नेछन् । आजको दिन केही ब्यस्तता भने बढ्न सक्छ । विषेष योजना कार्यान्वयनमा साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धिको योग छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन मिश्रित फलदायी रहला । कामको सिलसिलामा दौडधुप गर्नुपर्ने योग छ । आम्दानीका विभिन्न माध्यम फेलापर्ने समय भएपनि आर्थिकलाभ सामान्यमात्र होला । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । बोली र व्यक्तित्वको प्रभावले बिग्रन लागेको काममा सुधार आउन सक्छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कर्मबल बढ्नेछ । तथापि, प्रशस्त परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । घरखर्च बढ्न सक्छ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, व्यवहारमा सजगता अपनाउनु हितकर होला । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना छ तर समस्याको समाधान हुने नै छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आयआर्जन बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तथापि, साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन् । स्वास्थ्यगत समस्या देखापर्न सक्छ, सावधान रहनुहोला । खेलकुद एवम् भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ । रचनात्मक कार्यहरू बन्नेछन् । रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । कृषि तथा पशुपालनबाट विशेष फाइदा होला । गरेको यात्रागत कार्य उपलब्धीमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तान पक्षबाट पनि सुख मिल्ने दिन छ । पढाइलेखाइमा सुधार आउला । महत्वपूर्ण कार्यमा जोखिम बढ्ने योग रहेकोले थाती राखेकै राम्रो । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । नयाँ काम तथा योजनामा हात हाल्दै हुनुहुन्छ भने शुभ समय छ । तपाईंको परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउन सक्छ, धैर्य राखी दायित्व निर्वाह गर्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आजको दिन सोचेजस्तो अनुकुल नरहन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला तर खर्चवृद्धिको योग छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनसँग मनमुटावको अवस्था पैदा हुने सम्भावना रहेकोले व्यवहारमा संयमताको दरकार छ । विश्वासमा पारेर धोका दिनेहरूबाट बच्ने प्रयास गर्नुहोला ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...