News Portal

बुटवलमा पारिवारिक विवादले लियो ज्यान

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार युवकले विवादका क्रममा आफ्नी श्रीमतीको हत्या गरेका हुन्।

संगीता गुरुङ
३०३ पटक

बुटवल, २३ मंसिर: बुटवल उपमहानगरपालिका-११ माझ गाउँमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २६ वर्षीय सागर विकले विवादका क्रममा आफ्नी २२ वर्षीय श्रीमती अन्जना विकको हत्या गरेका हुन्।

डिएसपी विजय पण्डितले दिएको जानकारी अनुसार सोमबार दिउँसो करिब २ बजे सागरले सिलौटाले हिर्काएर अन्जनाको टाउकोमा गम्भीर चोट पुर्‍याएका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भयो।

प्रहरीले सागरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटना किन र कसरी भएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...