News Portal

बुटवलमा पारिवारिक विवादले लियो ज्यान

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार युवकले विवादका क्रममा आफ्नी श्रीमतीको हत्या गरेका हुन्।

संगीता गुरुङ
३६२ पटक

बुटवल, २३ मंसिर: बुटवल उपमहानगरपालिका-११ माझ गाउँमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २६ वर्षीय सागर विकले विवादका क्रममा आफ्नी २२ वर्षीय श्रीमती अन्जना विकको हत्या गरेका हुन्।

डिएसपी विजय पण्डितले दिएको जानकारी अनुसार सोमबार दिउँसो करिब २ बजे सागरले सिलौटाले हिर्काएर अन्जनाको टाउकोमा गम्भीर चोट पुर्‍याएका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भयो।

प्रहरीले सागरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटना किन र कसरी भएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...