News Portal

धनपालथानका दिपेन्द्र ब्राउन सुगरसहित पक्राउ

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक र लागुऔषध ब्युरो टोली विराटनगरबाट खटिएको विशेष टोलीले चेकजाँच गर्ने क्रममा दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

रबिन्द्र बराल
२५९ पटक

मोरङ, पुस ८ – मोरङको धनपालथान गाउँपालिका-४ ललियाधारको भित्री सडक खण्डबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्का र लागुऔषध ब्युरो टोली विराटनगरबाट खटिएको विशेष टोलीले आइतबार दिउँसो ४ बजे चेकजाँच गर्ने क्रममा धनपालथान-३ सोर्हभाग बस्ने ३५ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

मण्डलको साथबाट २८ ग्राम १८० मिलिग्राम र २५ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि गरिएको घर खानतलासीबाट ३८ ग्राम ८३० मिलिग्राम र प्लास्टिक बाहेक ३५ ग्राम १०० मिलिग्राम लागुऔषध बरामद भएको हो।

प्रहरीले कूल ६० ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित डिजिटल तराजु पनि बरामद गरेको छ। दिपेन्द्रलाई लागुऔषध ओसारपसार तथा बिक्री-वितरण सम्बन्धी मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...