News Portal

ऐतिहासिक चुरियामाई सुरुङ अब पर्यटकीय गन्तव्य

दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरि सुरुङलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गरिने छ।

Sangeeta Gurung
४६४ पटक

८ पुस, हेटौंडा — दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ। सुरुङलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गरिने उपमहानगरले जनाएको छ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुनर्निर्माण सम्पन्न भएको एक वर्षपछि हस्तान्तरण गरेको हो। नेपाली पर्यटकलाई ५० रुपैयाँ, विदेशीलाई १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। पाँच वर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक, र अपांग व्यक्तिलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ।

वि.सं. १९७४ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको करिब ५ सय मिटर लामो यो ऐतिहासिक सुरुङमार्गको पुनर्निर्माणका लागि ३ करोड ३६ लाख १३ हजार रुपैयाँ खर्च भएको थियो।

उपमहानगरले सुरुङको संरक्षण र मर्मत प्रदेश सरकारको जिम्मेवारीमा रहने र कर संकलन उपमहानगरले गर्ने व्यवस्था मिलाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...