News Portal

  • स्व-अस्तित्वको खोज: एक स्वतन्त्र यात्रा

    जस्तो कि पानीबिनाको माछा छटपटाउँछ, म पनि पीडाले भरिएको बेला एक्लोपनको गहिरो अनुभूति गर्न बाध्य हुन्छु।

    मिना कटुवाल
    ३५३ पटक

    आफ्नाले दिएको चोट मलाई सामान्य लाग्थ्यो, कसैको व्यवहारले मलाई कुनै फरक पर्दैन भन्ने सोचेकी थिएँ। तर, त्यो सत्य होइन रहेछ। जस्तो कि पानीबिनाको माछा छटपटाउँछ, म पनि पीडाले भरिएको बेला एक्लोपनको गहिरो अनुभूति गर्न बाध्य हुन्छु।

    म आफूलाई स्वतन्त्र प्राणी सम्झने गर्थेँ। तर, त्यो स्वतन्त्रता पिँजडामा थुनिएकोझैं मात्र रहेछ, जहाँबाट निस्किन कहिल्यै सकिँदैन। मैले धेरै प्रयास गरें, आफूलाई राम्रो साबित गर्न। के गरिन र! खुशी बनाउनु नै मेरो धर्म हो भन्ने विश्वास गरेँ। तर होइन, आफू खुशी नभई अरूका लागि खुशी खोज्न सकिँदैन रहेछ।

    मैले आफैँलाई धेरै पीडा दिएँ। अब भने म आफ्नो वास्तविक रूपमा फर्किन चाहन्छु। मभित्रको साँचो “म” लाई बाँच्न दिन चाहन्छु। जीवनमा धेरैका लागि धेरै गरेँ, तर आफूका लागि कहिल्यै गरिनँ। जिन्दगी एउटा यात्रा हो, जसको गन्तव्य आफैँले निर्धारण गर्नुपर्छ। तर, म अरूका लागि मात्रै बाँच्नुपर्ने भ्रममा बाँचिरहेँ।

    म हराएकी त छैन, तर अब कुनै नाताले मलाई नखोजून। म बद्लिएको त छैन, तर मेरो सोच बद्लिएको छ। मेरो बद्लिएको सोचले गन्तव्य नबिर्सोस्। म आफ्नै संसारमा खुशी छु। अरूले मेरो चरित्रको गलत मूल्याङ्कन नगरून्। मेरो खुशीको पनि सीमा छ, मेरो मुस्कानको पनि परिधि छ। मलाई बोल्न मन पर्छ, मौनता अब मलाई प्रिय लाग्दैन।

    पीडा क्षणिक हुन्छ भने खुशी पनि क्षणभरकै कुरा हो। मैले समयलाई मूल्याङ्कन गर्ने बानी बसालेकी छु। कृपया मेरो हिम्मतलाई चामलको दानाजस्तै बिखण्डन गरेर नहेर्नुहोस्। मेरो प्रतिबिम्बसँग प्रश्न गरेर आफूलाई कमजोर ठान्ने म, अब अनावश्यक प्रश्नहरूको भारी थाम्न चाहन्नँ।

    अब म आफ्नो जीवनमा एउटा साधारण तर सच्चा शीर्षक चाहन्छु। म आफैँलाई जीवनको हर परिस्थितिसँग रमाउन सिकाउँछु। यो संसार मेरो लागि होइन, तर यस संसारसँग म आफूले चाहेको रूपमा रमाउन चाहन्छु।

    त्यसैले अब मेरो अठोटलाई कमजोर पार्ने प्रयास नगरियोस्। म मेरो आफ्नै जीवनको यात्रामा छु।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...