News Portal

स्व-अस्तित्वको खोज: एक स्वतन्त्र यात्रा

जस्तो कि पानीबिनाको माछा छटपटाउँछ, म पनि पीडाले भरिएको बेला एक्लोपनको गहिरो अनुभूति गर्न बाध्य हुन्छु।

मिना कटुवाल
५१७ पटक

आफ्नाले दिएको चोट मलाई सामान्य लाग्थ्यो, कसैको व्यवहारले मलाई कुनै फरक पर्दैन भन्ने सोचेकी थिएँ। तर, त्यो सत्य होइन रहेछ। जस्तो कि पानीबिनाको माछा छटपटाउँछ, म पनि पीडाले भरिएको बेला एक्लोपनको गहिरो अनुभूति गर्न बाध्य हुन्छु।

म आफूलाई स्वतन्त्र प्राणी सम्झने गर्थेँ। तर, त्यो स्वतन्त्रता पिँजडामा थुनिएकोझैं मात्र रहेछ, जहाँबाट निस्किन कहिल्यै सकिँदैन। मैले धेरै प्रयास गरें, आफूलाई राम्रो साबित गर्न। के गरिन र! खुशी बनाउनु नै मेरो धर्म हो भन्ने विश्वास गरेँ। तर होइन, आफू खुशी नभई अरूका लागि खुशी खोज्न सकिँदैन रहेछ।

मैले आफैँलाई धेरै पीडा दिएँ। अब भने म आफ्नो वास्तविक रूपमा फर्किन चाहन्छु। मभित्रको साँचो “म” लाई बाँच्न दिन चाहन्छु। जीवनमा धेरैका लागि धेरै गरेँ, तर आफूका लागि कहिल्यै गरिनँ। जिन्दगी एउटा यात्रा हो, जसको गन्तव्य आफैँले निर्धारण गर्नुपर्छ। तर, म अरूका लागि मात्रै बाँच्नुपर्ने भ्रममा बाँचिरहेँ।

म हराएकी त छैन, तर अब कुनै नाताले मलाई नखोजून। म बद्लिएको त छैन, तर मेरो सोच बद्लिएको छ। मेरो बद्लिएको सोचले गन्तव्य नबिर्सोस्। म आफ्नै संसारमा खुशी छु। अरूले मेरो चरित्रको गलत मूल्याङ्कन नगरून्। मेरो खुशीको पनि सीमा छ, मेरो मुस्कानको पनि परिधि छ। मलाई बोल्न मन पर्छ, मौनता अब मलाई प्रिय लाग्दैन।

पीडा क्षणिक हुन्छ भने खुशी पनि क्षणभरकै कुरा हो। मैले समयलाई मूल्याङ्कन गर्ने बानी बसालेकी छु। कृपया मेरो हिम्मतलाई चामलको दानाजस्तै बिखण्डन गरेर नहेर्नुहोस्। मेरो प्रतिबिम्बसँग प्रश्न गरेर आफूलाई कमजोर ठान्ने म, अब अनावश्यक प्रश्नहरूको भारी थाम्न चाहन्नँ।

अब म आफ्नो जीवनमा एउटा साधारण तर सच्चा शीर्षक चाहन्छु। म आफैँलाई जीवनको हर परिस्थितिसँग रमाउन सिकाउँछु। यो संसार मेरो लागि होइन, तर यस संसारसँग म आफूले चाहेको रूपमा रमाउन चाहन्छु।

त्यसैले अब मेरो अठोटलाई कमजोर पार्ने प्रयास नगरियोस्। म मेरो आफ्नै जीवनको यात्रामा छु।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...