News Portal

काठमाडौं सम्मेलन २०२४ सुरु

सञ्चार र मिडियासम्बन्धी दुईदिने काठमाडौं सम्मेलन २०२४ आजदेखि सुरु भएको छ।

Sangeeta Gurung
१५७ पटक

काठमाडौं – सञ्चार र मिडियासम्बन्धी दुईदिने काठमाडौं सम्मेलन २०२४ आजदेखि सुरु भएको छ।यस सम्मेलनमा भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरुले समेत आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालले त्रिवि पत्रकारिता विभागको क्यामेरा भवनमा सम्मेलन आयोजना गरेका हुन्।

पत्रकारिता, मिडिया, र सञ्चारसँग सम्बन्धित १२ भन्दा बढी अनुसन्धान प्रस्तुत हुने सम्मेलनमा प्राध्यापक पी. खरेलको बहुच्यानल र दर्शकको खण्डीकरणबारे विशेष प्रस्तुति छ।

कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइँ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, र दिगोपनाबारे विज्ञ, पत्रकार र अनुसन्धानकर्ता बीच संवाद हुनेछ। यसका उद्घाटन त्रिवि रजिष्टार प्रा.डा. केदारप्रसाद रिजालले गरेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...