आज : २०२६-०९-२७, आइतबार

काठमाडौंको बाइपासमा एक युवक मृत फेला

काठमाडौं – महानगरपालिका-१६ बाइपासस्थित अष्टनारायण हल नजिकैको एक डेरामा शनिबार २० वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।

मृतकको परिचय रोल्पा सुनिल स्मृति गाउँपालिका-८ निवासी योगेश बिकका रूपमा खुलेको छ। उनी आफ्नै कोठामा मृत फेला परेका हुन्।

हालसम्म उनको मृत्युको कारण खुल्न सकेको छैन। शव पोष्टमर्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।