आज : २०२६-०९-२७, आइतबार

पाटेबाघ मार्ने आरोपमा युवा पक्राउ

चितवन: पाटेबाघ मार्ने उद्योगमा संलग्न रहेको आरोपमा नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार, तीनचुली सामुदायिक वनमा फेला परेका तार सहितको पासो र अनुसन्धानका क्रममा बाघको रौँ भेटिएको थियो। साथै, न्यौपानेको मोबाइलमा पासोमा परेको बाघको तस्बिर समेत प्राप्त भएको छ।

न्यौपाने विरुद्ध वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा दर्ता गरिएको छ। बाघ मार्ने पासो थाप्ने क्रममा गत कात्तिक २ मा बाघको आक्रमणबाट ६२ वर्षीय जीत बहादुर थिङको मृत्यु भएको थियो। सो घटनासँग जोडिएको सामान बरामद भएपछि न्यौपानेलाई कात्तिक २९ गते पक्राउ गरिएको थियो।