News Portal

रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुँदै

Sangeeta Gurung
२६४ पटक

काठमाडौँ: सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने विरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुनेछ।

लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्। संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कमार्फत विभिन्न सहकारीका रकम अपचलनमा लामिछानेको संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो।

यसअघि, पुस १ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो भने पुस ५ गते गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु राई सहित १९ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। लामिछाने विरुद्धको बयान प्रक्रिया भोलि देखि सुरु हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...