आज मिति वि.सं.२०८१ मंसिर २६ गते बुधबार || सन् २०२४ डिसेम्बर ११ तारिख || नेपाल सम्बत ११४५
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानीको स्रोत खल्बल्याउन खोज्नेहरू सक्रिय रहने र इर्ष्या गर्नेहरूले दुःख दिन सक्ने समय भएपनि ग्रहको सकारात्मक प्रभावका कारण श्रमको उचित मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । वास्तविक सहयोगीजनको साथ-भरोसा मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्य सार्थक हुनेछ । आमोदप्रमोदमा रमाउने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरसापटमा धन खर्च हुने समय छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ, सचेत रहनुहोला । तथापि, भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले प्रगतिमा धक्का पर्न सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिएला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधान भएर जालान् । मान वृद्धिको योग छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यबल बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने तथा एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुनसक्छ । तपाईंको प्रतिभाको कदर हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । रचनात्मकता बढ्नेछ । स्वास्थ्य सबल रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ भने ब्यवसायमा पनि राम्रै लाभ होला । तर, काममा अरुकोमात्र भर पर्दा धोका हुन सक्छ, परिस्थितिअनुसार आफ्नै बुता–वरकतमा अघि बढ्ने प्रयत्न गर्नुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ, व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । अध्ययन-अध्यापनको दृष्टिले उत्साहजनक दिन छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन खासै उत्साहजनक रहने देखिन्न । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा मिल्ने समय छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने देखिन्छ । कसैसंग सामान्य मनमुटाव पनि हुनसक्ने योग रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । कामका केही अवसर जुट्ने देखिन्छ तर परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अनुकुलताको अभावमै पनि रसरागको भाव वृद्धि होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । विशेष कार्य गर्दैहुनुहुन्छ भने नजिकका मित्र एवम् परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने योग छ, तर मिहेनत वा परिश्रममा जोड दिनुपर्नेछ । मानसम्मान मिल्ने समय छ । प्रेमभाव वृद्धि होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक काममा रुचि बढ्ने समय छ । तपाईंबाट भएको कामबाट आज धेरैलाई फाइदा पुग्न सक्छ । दैनन्दिनको व्यवहारबाट केही फुर्सद मिलेको अनुभूति होला । कतै अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ । रोकिएका या अधुरा कामलाई फेरि प्रयत्न गरे सुखद परिणाम आउने सम्भावना प्रवल छ । आरोग्यबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुने देखिन्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । तर सामर्थ्य वृद्धि हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार–व्यवसायमा लाभ नै हुने देखिन्छ । मान, विद्या प्राप्त हुने योग छ । विशेष उपहार तथा धनलाभ हुनसक्छ, तर खर्च पनि वृद्धि होला । आरोग्यता रहनेछ । विरोधिलाई परास्त गर्न सकिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य कमजोर रहनाले जाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । महत्वपूर्ण काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नसोचेको ठाउँमा धन खर्च हुनसक्ने योग छ । गीतसंगीत तथा रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहेनत र कर्मले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । विशेष जोड लगाउन सक्ने कीर्तिमानी काम सम्पादन हुने देखिन्छ । केही प्रतिस्पर्धा भने गर्नैपर्ला । शत्रु पक्षको चलखेल बढ्नाले चुनौती आइपर्नेछ, तथापि नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउने देखिन्छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सहृदयी व्यवहारले अरुलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनुका साथै बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने समय छ । सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । आफन्तजन टाढिनसक्ने योग छ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष कमजोर देखिनेछन्।