News Portal

  • डोनाल्ड लुले देउवा र प्रचण्ड भेट्ने, प्रधानमन्त्री ओलीसँग छैन भेटघाट तालिका

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन्।

    भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने तय छैन।

    राजनीतिक स्रोतका अनुसार आइतबार दिउँसो लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दुवैलाई भेट्ने भएका हुन्।

    प्रधानमन्त्री ओली भने यहीबेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने छैन। ‘प्रधानमन्त्री उपत्यकाबाहिर हुनुुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘यसअघि नै तय भएका कार्यक्रमहरुको सिलसिलामा उहाँ बाहिर हुनुहुन्छ।’

    यसअघि एमसिसीको अनुमोदन तथा स्टेट पार्टनरसिप प्रोग्रामलाई जोड दिन लु काठमाडौं आएकाबेला नेपाली नेतृत्वसँग चर्काचर्की परेको सूचना सार्वजनिक भएको थियो।

    प्रधानमन्त्री ओली गृहजिल्ला पुग्नुलाई कतिपयले संयोगमात्रै नभई त्यही तिक्ततालाई दिइएको कुटनीतिक प्रतिक्रिया मानेका छन्।

    अमेरिकी दूतावास स्रोतका अनुसार नागरिक समाज र युवा अन्तरकृया बाहेक उच्चस्तरीय भेट राखिएको छैन। दूतावासले लुको भ्रमण सूची सार्वजनिक गरेको छ, जहाँ प्रधानमन्त्रीलगायत नेताहरुको भेट कार्यक्रम सार्वजनिक छैन।

    स्मरण रहोस्, लुभन्दा तल्लो श्रेणीका राजनीतिकर्मी अनि सरकारी अधिकारी नेपाल आउँदा पनि सामान्यतयाः प्रधानमन्त्रीलाई भेटिरहेका हुन्छन्। उच्च स्रोतका अनुसार लु र प्रधानमन्त्रीबीच भेट हुने सम्भावना निकै कम छ।

    राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले लुले भेट्ने छैनन्। परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यति बेला नेपाल बाहिर छिन्।

    दक्षिण तथा मध्य एसिया हेर्ने मन्त्री लु यसअघि पटक पटक नेपाल आइसकेका उच्च अमेरिकी अधिकारी हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...

    आज २०८२ साल असोज १४ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...