News Portal

तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

हिमालीसंचार संवाददाता
४३३ पटक

कालीकोट। कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन्।

२०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन्।

विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन्।

एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत मात्र पाए। ४ मत बदर भए। राप्रपा र रास्वपार्टीका उम्मेदवारको जमानत जफत भएको छ।

२०७९ मा माओवादी, एमाले, काँग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...