News Portal

तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

हिमालीसंचार संवाददाता
३३७ पटक

कालीकोट। कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन्।

२०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन्।

विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन्।

एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत मात्र पाए। ४ मत बदर भए। राप्रपा र रास्वपार्टीका उम्मेदवारको जमानत जफत भएको छ।

२०७९ मा माओवादी, एमाले, काँग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...