News Portal

प्रचण्डले डीजीसँग पैसा खाएर किरातीलाई हटाएको अमरेशको आरोप

हिमालीसंचार संवाददाता
३७४ पटक

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीबाट पैसा खाएको आरोप लगाएका छन्।

जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले क्यानका डीजी अधिकारीसँग पैसा खाएर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट हटाएको आरोप लगाएका हुन्।

नेता सिंहले क्यानका डीजी अधिकारीसँग पैसा नबुझेको शीर्ष नेताहरु कोही पनि नरहेको दाबी गरे। अधिकारीले सबै नेताको घर–घरमा पैसा पुर्याउने गरेको उनको आरोप छ।

‘प्रचण्ड तपाईँले जसको नाम बारम्बार लिइराख्नु भएको छ, उसले पनि पैसा खाएर सुदन किरातीलाई हटाइदियो, प्रदीप अधिकारीलाई हटाएन। दुईवटैलाई बोलाएको थियो बालुवाटारमा। तपाईँलाई म घटना बताइदिन्छु, नेपाली जनतालाई यो कुरा थाहा हुनैपर्छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले के निर्देशन दिनुभयो भने– तपाईँहरु दुई जना मिलेर काम गर्नुस्। प्रदीप अधिकारीले भनेकी– यो मन्त्रीसँग मिलेर म काम गर्दिनँ। भोलिपल्ट मन्त्रीलाई हटाइदिनुभयो। प्रदीप अधिकारीलाई स्यावासी दिनुभयो। उसले जुनसुकै नेताहरुलाई चाहेको बेलामा पैसा पुर्याउन सक्छ,’– उनले भने।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...