News Portal

प्रचण्डले डीजीसँग पैसा खाएर किरातीलाई हटाएको अमरेशको आरोप

हिमालीसंचार संवाददाता
३२१ पटक

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीबाट पैसा खाएको आरोप लगाएका छन्।

जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले क्यानका डीजी अधिकारीसँग पैसा खाएर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट हटाएको आरोप लगाएका हुन्।

नेता सिंहले क्यानका डीजी अधिकारीसँग पैसा नबुझेको शीर्ष नेताहरु कोही पनि नरहेको दाबी गरे। अधिकारीले सबै नेताको घर–घरमा पैसा पुर्याउने गरेको उनको आरोप छ।

‘प्रचण्ड तपाईँले जसको नाम बारम्बार लिइराख्नु भएको छ, उसले पनि पैसा खाएर सुदन किरातीलाई हटाइदियो, प्रदीप अधिकारीलाई हटाएन। दुईवटैलाई बोलाएको थियो बालुवाटारमा। तपाईँलाई म घटना बताइदिन्छु, नेपाली जनतालाई यो कुरा थाहा हुनैपर्छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले के निर्देशन दिनुभयो भने– तपाईँहरु दुई जना मिलेर काम गर्नुस्। प्रदीप अधिकारीले भनेकी– यो मन्त्रीसँग मिलेर म काम गर्दिनँ। भोलिपल्ट मन्त्रीलाई हटाइदिनुभयो। प्रदीप अधिकारीलाई स्यावासी दिनुभयो। उसले जुनसुकै नेताहरुलाई चाहेको बेलामा पैसा पुर्याउन सक्छ,’– उनले भने।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...