News Portal

प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ मनाेनित

हिमालीसंचार संवाददाता
६२४ पटक

कुवेत – नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी जनवादी क्रान्ति सम्पन्न गर्ने, जनवादी व्यवस्थाको सुदृढीकरण मार्फत राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादी शासन व्यवस्था लागू गर्दै वैज्ञानिक साम्यवाद स्थापना गर्ने महान् उद्देश्य राखेर स्थापना भएको पार्टी अहिले विभिन्न देशमा संगठन व्यापक रूपमा विस्तार भइरहेको छ।

त्यस उद्देश्यलाई कार्यान्वयनमा लान व्यापक रुपमा जनतालाई गोलबद्ध गर्दै समाजमा रहेका वर्गीय, जातीय, लैंगिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको स्वतन्त्रता र आमजनता सुखी एवं समृद्ध भएको समाज स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको थियो।

पार्टीले सङ्घर्षका विभिन्न रूपहरू अवलम्बन गर्दै आफ्ना लक्ष्य उद्देश्य प्राप्त गर्ने ध्येयमा निरन्तर अगाडि बढ्दै आएको छ र राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका आम मुद्दाहरूमा नेतृत्व गर्दै परिवर्तनकारी आन्दोलनको अगुवाको रुपमा समेत स्थापित भएको छ।

प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको सचिबालयको आज मिति २९/११/२०२४ का दिन फर्वानियामा बसेको सातौ पुर्ण बैठकबाट प्रबासी नेपाली एकता मन्च कुवेतको महिला उपाध्यक्ष तथा महिला सम्योजकमा चन्द्र माया गुरुङ र सङ्गठ्नको उपमहासचिवमा जाहूर हक सर्वसम्मत निर्वाचित गरिएको मन्चको अध्यक्ष युबराज गैरे बताए।

कुराकानीकै क्रममा कमरेड युवराज गैरेले संगठन विस्तार गर्ने क्रम जारी रहेको र अझै संगठनलाई मजबुत बनाउन सबै कमरेडहरु लागिपरेको कुरा समेत बताए।

प्रवासी नेपाली एकता मञ्च कुवेतले कुवेतमा विभिन्न समस्या परेका ४५ जनाको उद्धार समेत गरेको अध्यक्ष युवराज गैरेले बताए।

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...