News Portal

सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण

हिमालीसंचार संवाददाता
३०६ पटक

एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर अल–असदको सेना विरुद्ध विद्रोहीले गरेको यो ठूलो आक्रमण हो।

तीन दिनदेखिको आक्रमणबाट इस्लामिक लडाकु समूह एचटीएस र सहयोगी गुटहरूले एकसाथ आक्रमण गरेर एलेप्पो र इदबिल प्रान्तका कैंयौं शहर तथा गाउँहरु आफ्नो नियन्त्रणमा लिएका छन्।

ती क्षेत्रहरुबाट सरकारी सेना पछि हटेको विद्रोहीको दाबी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा दुवै पक्षका १ सय ८० भन्दा बढी लडाकु मारिएको बताएको छ।

विपक्षी नियन्त्रित क्षेत्रमा सिरिया र रुसको हवाई हमलामा कम्तीमा १९ जना सर्वसाधारण पनि मारिएका छन्।

सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनमा सरकारले हिंसात्मक दमन गरेपछि शुरु भएको गृहयुद्धमा ५ लाख भन्दा बढी मानिस मारिएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...