News Portal

प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

हिमालीसंचार संवाददाता
४१४ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउन माग गरेका छन्।

उनले कम्बोडिया प्रकरण छानविनका लागि संसदीय समिति बनाउनसमेत माग गरेका छन्। देशका प्रधानमन्त्री खड्ग प्रसाद ओलीजीलाई छानविन गरियोस्।

कम्बोडिया काण्डमा हत्कडी हालेर छानविन गर्नुपर्छ,’– उनले भने, ‘…त्यो भिडिओ एक जनाको मान्छेले सार्वजनिक गर्यो भन्ने विषय होईन। तपाईँ कम्बोडिया गएको मिति र हस्ताक्षर गरेको मिति एउटै छ। भोलि तपाईँ दोषी, निर्दोष के हो भन्ने अदालतले छानविन गर्ला। राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय छानविन समितिको आवश्यक्ता ठानेको छ।

उनले दुई तिहाइको सरकारको प्रधानमन्त्री सडकमा आएर जात्रा गरेको टिप्पणी गरे। नेकपा (एमाले) ले दरबारमार्गमा आयोजना गरेको कार्यक्रमप्रति टिप्पणी गर्दै उनले भने, सडकमा आएर नाटक देखाउनुहुन्छ। उहाँले कस्का लागि देखाएको हो त्यो नाटक ? प्रश्न गर्दै उनले भने, …कसका लागि सडकमा आएको ? किन सडकमा आएको ? के गर्न आएको ? जात्रा देखाउन र गिरीबन्धु टि स्टेट र कम्बोडियामा पैसा छैन भनेर जनतामा भ्रम छर्न सडकमा आएको हो ? राप्रपा त्यो पत्याउँदैन। संसद्मा जवाफ माग्छौं।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...