News Portal

स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

हिमालीसंचार संवाददाता
३४९ पटक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै रवि लामिछानेलाई थुन्ने आधार सिर्जना गरिदिएको आरोप लगाएका छन्।

आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा. वाग्लेले सुनियोजित रुपमा पार्टीलाई आन्दोलनमा धकेलेर रविलाई थुन्ने आधार सिर्जना गरेको आरोप लगाएका हुन्।

‘जब उहाँ (रवि)लाई थुनियो, तत्काल स्वर्णिमले पार्टीलाई आन्दोलनको पक्षमा ल्याए। पार्टीलाई आन्दोलनमा ल्याएपछि अदालतमा दलिल के भयो ? बाहिर हुलहुज्जत गरेको कारणले गर्दा रवि लामिछानेलाई छोड्दा न्यायलयमा प्रभाव पार्ने भयो। स्वर्णिमले रवि लामिछानेलाई थुन्नको लागि आधार सिर्जना गर्दिनुभयो,’– उनले भने।

रास्वपाका सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। पार्टी कब्जा गर्ने मनशायले डा. वाग्लेले लामिछानेलाई थुन्ने आधार बनाइदिएको उनको टिप्पणी छ।

रविले प्रमाण नष्ट गर्ने आधार नभएको, भागेर जाने आधार र कारण नरहेको अवस्थामा बाहिर नै बसेर मुद्दाको पुर्पक्ष गर्न सकिने अवस्थामा पनि वाग्लेको कारण भाँडिएको उनको आरोप छ।

लामिछानेको पक्राउपछि डा. वाग्लेले नियोजित रुपमा चीनबाट आएर हतारमा पार्टीलाई आन्दोलनमा धकेलेको उनको आरोप छ।

रविलाई जेल पठाउने र अर्का उपसभापति डोलप्रसाद अर्याललाई असक्षम व्यक्ति सिद्ध गराएर अबको महाधिवेशनमा आफू सभापति बन्ने षड्यन्त्रमा वाग्ले रहेको उनको आरोप छ।

डा. ढकालले लामिछाने पक्राउ परेसँगै डा.वाग्लेले बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत हाल्न नदिएको बताए।

प्रतिकृया दिनुहोस्

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...