News Portal

  • स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    हिमालीसंचार संवाददाता
    २६७ पटक

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै रवि लामिछानेलाई थुन्ने आधार सिर्जना गरिदिएको आरोप लगाएका छन्।

    आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा. वाग्लेले सुनियोजित रुपमा पार्टीलाई आन्दोलनमा धकेलेर रविलाई थुन्ने आधार सिर्जना गरेको आरोप लगाएका हुन्।

    ‘जब उहाँ (रवि)लाई थुनियो, तत्काल स्वर्णिमले पार्टीलाई आन्दोलनको पक्षमा ल्याए। पार्टीलाई आन्दोलनमा ल्याएपछि अदालतमा दलिल के भयो ? बाहिर हुलहुज्जत गरेको कारणले गर्दा रवि लामिछानेलाई छोड्दा न्यायलयमा प्रभाव पार्ने भयो। स्वर्णिमले रवि लामिछानेलाई थुन्नको लागि आधार सिर्जना गर्दिनुभयो,’– उनले भने।

    रास्वपाका सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। पार्टी कब्जा गर्ने मनशायले डा. वाग्लेले लामिछानेलाई थुन्ने आधार बनाइदिएको उनको टिप्पणी छ।

    रविले प्रमाण नष्ट गर्ने आधार नभएको, भागेर जाने आधार र कारण नरहेको अवस्थामा बाहिर नै बसेर मुद्दाको पुर्पक्ष गर्न सकिने अवस्थामा पनि वाग्लेको कारण भाँडिएको उनको आरोप छ।

    लामिछानेको पक्राउपछि डा. वाग्लेले नियोजित रुपमा चीनबाट आएर हतारमा पार्टीलाई आन्दोलनमा धकेलेको उनको आरोप छ।

    रविलाई जेल पठाउने र अर्का उपसभापति डोलप्रसाद अर्याललाई असक्षम व्यक्ति सिद्ध गराएर अबको महाधिवेशनमा आफू सभापति बन्ने षड्यन्त्रमा वाग्ले रहेको उनको आरोप छ।

    डा. ढकालले लामिछाने पक्राउ परेसँगै डा.वाग्लेले बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत हाल्न नदिएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक...

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल...

    नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

    काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको...