News Portal

मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
३७२ पटक

आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल सम्बत ११४५

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यस्तता बढेपनि दिन रमाइलो रहला । काम बन्नाले सुखको अनुभव होला । धनलाभको योग छ । यात्रागत कार्यमा सफलता र मिठो भोजन प्राप्त होला । खेलकूदमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन शुभदायी छ । काम बन्नाले सुखको अनुभव हुनेछ । अप्रत्याशित लाभ हुनेछ भने अनेक किसिमका फाइदा हुने योग छ । नोकरीमा भने दिन सामान्य रहला । पराक्रम वृद्धि हुनेछ । शुभ समाचार प्राप्तिको योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधानले सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन खासै उपलब्धिमूलक हुने देखिन्न । काममा समस्या तथा अनेक किसिमका झमेलामा परिने योग छ, सावधान रहनु उचित होला । आरोग्यता रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । विवेकले समस्याबाट मुक्ति दिलाउला । यात्रागत कार्यको तयारीमा हुनुहुन्छ भने अघि बढ्न सकिनेछ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । परोपकारका काममा मन जाला । आर्थिक उपार्जनको दृष्टिले शुभ समय छ । धनलाभको योग देखिन्छ । आरोग्यता रहनेछ । कर्मबल वृद्धि होला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी बढ्नेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी हुने समय छ । राम्रो आर्जनले सुख दिलाउला । आजको दिन यात्रागत कार्य पनि सफल हुने देखिन्छ । रसरागमा आकर्षण रहनेछ । बौद्धिक र कलात्मक काममा मन जाला । पारिवारिक सुख बढ्नुको साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही सुख केही दुःखको अवस्थाबाट दिन गुज्रिनेछ । अचानक धनलाभको योग भएपनि आजको दिन खर्चको मात्रा केही बढ्न सक्छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि योजना स्थगित गर्नु हितकर होला । दैनन्दिन कार्यमा गति बढ्नेछ । काममा आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मबल वृद्धिको समय छ र पनि गरेका कामबाट ठूलो उपलब्धि लिन मुस्किल पर्ने देखिन्छ । समयको ब्यर्थ नाश हुनुका साथै नसोचेको ठाउँमा खर्च हुने सम्भावना छ । सभा-समारोहमा सहभागिता तथा मिठो भोजन प्राप्तिको योग छ । साहसिक काममा आकर्षण रहनेछ । बिग्रन लागेको काम पनि बोली र व्यक्तित्वको प्रभावले बन्ने योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग पनि रहेकोले विशेष सचेतनाको दरकार छ । आफन्तमिलनले सुख दिनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रु वा प्रतिष्पर्धीलाई परास्त गर्ने क्षमतामा वृद्धि हुने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दौडधुप केही बढ्ला । श्रद्धा र परोपकारमा मन जाने समय छ । खर्च भन्दा कमाई नै बढी हुने देखिन्छ । अध्ययन तथा अध्यापनमा पनि प्रगति हुनेछ भने धनलाभको योग छ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुन सक्छ । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सकारात्मक कार्यमा व्यस्तता बढ्ने समय छ । दुःखमा साथ दिनेहरू भेटिनेछन् । विपरितलिङ्गी मित्रबाट प्राप्त हौसलाले मन रमाउला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने योग छ । प्रेमभाव बढ्नेछ भने सफलताको दर बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिश्रित फलदायी समय छ । दिनको आरम्भमा जागृत भएको उत्साह बेलुकासम्म कायम नरहन सक्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्ने योग छ, सचेत रही व्यवहार गर्नु हितकर होला । प्रतिकूलताको ज्यादा सम्भावनाका कारण काममा बाधाहरुको सामना गर्नुपर्ला । वादविवादबाट बच्ने कोशिस गर्नु उचित हुनेछ । रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही सुख केही दुःखको अनुभूति हुने दिन छ । पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नुपर्ने योग छ । प्रतिकुलताको बाबजुद प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलासको भाव वृद्धि होला।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...