News Portal

  • रेस्टुरेन्ट दियालो युरोपमा चम्किँदै पोर्चुगल

    हिमालीसंचार संवाददाता
    १८१ पटक

    पोर्चुगल  – नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखिसकेका छन्।

    रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको दियालोले नेपाली र पोर्चुगलका मात्र नभएर युरोपभरका खाना पारखीहरूको मन जित्न सफल भएको छ। पोर्चुगलमा खुलेका नेपाली रेस्टुरेन्टले व्यापार मात्र होइन, नेपाली पहिचान, सँस्कृति, परिकारलाई पनि प्रबर्धन गर्दैछन् ।

    पोर्चुगलमा हुर्कँदो नेपाली समाजलाई सुदृढ र सम्बृद्ध बनाउन यिनीहरुको भूमिका कम्ती छैन् । करिब नवौं वर्षदेखि सुरु भएको रेस्टुरेन्ट दियालोले नेपालीहरुमा टिपिकल नेपालीपन अहिले पनि रोकिएको छैन् । त्यसो भन्दै गर्दा पोर्चुगलमा नेपालीहरुको धेरै संलग्नता रहेको व्यवसायको अर्को नाम हो रेस्टुरेन्ट व्यवसाय ।

    सन् २०१० मा धादिङदेखि यूरोप आएका रविन अधिकारी नेपाली समुदायमा मात्र होइन पोर्चुगल र यूरोपीयन नागरिकहरूमा पनि आफ्नो पहिचान कमाइसकेका छन् : ‘कारण हो उनको लगाव,लगनशीलता र सफल व्यावसायिक रेस्टुरेन्ट दियालो’ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलका निवर्तमान अध्यक्ष समेत रहेका रविन अधिकारी अहिले व्यावसायिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भइसकेका छन्।

    उनको रेस्टुरेन्ट दियालो यतिबेला नेपाली समुदायमा मात्र नभएर पोर्चुगलमा घुम्न आउने पर्यटकहरूको पनि मुख्य खानादेखि खाजा खाने गन्तव्य बनेको छ। हामीले आफ्नै गाउँघरमा बसीबसी खाएको जस्तो स्वाद र स्वादिष्ट पाइने रेस्टुरेन्ट दियालोमा आज भन्दा भोलि निकै मान्छेहरूको भेडभाड देख्न पाइन्छ।खाजा खान होस् या खाना खान जुनसुकै बेला,बिहान होस् या बेलुकी रेस्टुरेन्ट दियालोमा मान्छेको लाइन लाग्ने गर्दछन्।

    रेस्टुरेन्ट दियालोको बारेमा पोर्चुगलका मिडियाहरूले थुप्रै समाचारहरू सम्प्रेषण गरिसकेका छन्।नेपाली समुदायको व्यावसायिक क्षेत्रमा पोर्चुगलका मिडियाहरूले धेरै पटक रेस्टुरेन्ट दियालोको समाचार सम्प्रेक्षण गरिसकेको छ। दियालोले आफ्नो उत्कृष्ट सेवा र विशिष्ट स्वादका कारण धेरै सम्मान र चर्चा पाइरहेको हो। विशेष गरी, विभिन्न पोर्चुगलको पत्रपत्रिका र अनलाइन लेखहरूमा यस रेस्टुरेन्टको बारेमा प्रशंसा गरिएको छ । जसले लिस्बनको फूड रेस्टुरेन्ट उद्योगमा यसको पहिचानलाई अझ प्रखर बनाएको छ।

    यी लेखहरूमा दियालोको परम्परागत खाना पकाउने शैली, सामग्रीको शुद्धता, र मिहिनेतको प्रशंसा गरिएको छ। साथै, रेस्टुरेन्टले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी ताजा तथा गुणस्तरीय सामग्री मात्र प्रयोग गर्दै आएको छ। दियालोको मेनुमा म:म, दाल भात, गुन्द्रुक, आलु-तामा, र विभिन्न नेपाली करीहरू पाइन्छन्, जसले खानालाई नेपालको मौलिक शैलीमा पकाइन्छ। यहाँको सबै परिकार नेपाली मसला, तरिका र मिहिनेतले तयार गरिन्छ, जसले प्रत्येक ग्राहकलाई नेपालको स्वादको याद दिलाउँछ।

    नेपाली संस्कृति र संस्कारलाई अन्तर्राष्ट्रिय रूपमा फैलाउन दियालोले केवल खानामा मात्र नभएर रेस्टुरेन्टको वातावरणमा पनि नेपालीपन झल्काउने प्रयास गरेको छ। लिस्बनका मानिसहरूले नेपाली खाना र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाउँदा निकै खुसी र उत्साहित भएका छन्। यसरी, दियालो केवल एउटा खानाको केन्द्र मात्र नभएर सांस्कृतिक सम्पर्कको पुलका रूपमा काम गरिरहेको छ।

    लिस्बोन नगरपालिकाकाले पनि हरेक बर्ष लिस्वोन भित्रका रेष्टुरेन्टहरुमा ग्राहकलाई दिईने सेवा, सुबिधा, उचित वातावरण, उत्कृष्ट र ग्राहको चाहनानुसारको खाना, खाना सुहाउँदो मुल्य, वेटरहरुको शिष्टता र ब्यवहार, ग्राहकप्रतिको उत्तरदायित्व लगायतका सुक्ष्म बिषयहरुमा आन्तरिक छानबिन गर्ने गर्छ ।

    रेस्टुरेन्ट दियालोमा ग्राहको चाहनानुसारको खाना, खाना सुहाउँदो मुल्य, वेटरहरुको शिष्टता र ब्यवहारले गर्दा पनि ग्राहकहरू रेस्टुरेन्ट दियालोमा गएर खानको लागि निकै नै उत्साहित हुन्छन्। नेपाली संस्कार र स्वादको अन्तर्राष्ट्रिय मंचमा प्रशंसा र पहिचान पाउन सफल दियालो रेस्टुरेन्टले आतिथ्य, सांस्कृतिक झल्को, र स्वादिलो खानाको अनुभव लिन चाहनेहरुका लागि दियालो रेस्टुरेन्टले निराश बनाउने छैन।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार ३० गतेको राशिफल

    आज असार ३०, २०८२ (जुलाई १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...