News Portal

इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै ज्वालामुखी विस्फोट

धेरै उडानहरू रद्द

हिमालीसंचार संवाददाता
२७३ पटक

एजेन्सी। इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि वरपरका क्षेत्रमा खरानीको खतरनाक बादल लागेको बीबीसीले जनाएको छ।

जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाबीचको बालीमा हुने उडान रद्द गरेका छन्। स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म बाली जाने र जाने सबै उडान रद्द गर्ने जनाएको छ।

उही समयमा भर्जिन अष्ट्रेलियाले बुधबार सबै उडानहरू रद्द गर्ने जनाएको छ। ज्वालामुखी विष्फोटबाट आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ।

गत हप्ता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो। अष्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी भागसम्म पुग्न सक्ने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...