आज : २०२६-०६-२७, शनिबार

तोलामा १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।