News Portal

लघुकथा – ‘समाज’

तपिकुमार सिंह ठकुरी
५६६ पटक

एक जना किसानले उसको घरमा जनाबरहरु पालेको थियो। जस्मा मुसा, परेवा, भाले र बोका थिए। ति जनाबरहरु बस्थे त एउटै घरमा तर एक अर्कालाई सानो सम्झन्थे आफै ठूलो र मालिकको प्रीय आफै हु ठान्थे।

एक दिन मुसाको दुलोको सर्प पस्यो मुसो दौडदै परेवा कहाँ आयो। परेवासँग गुहार माँग्दै-‘परेवा मेरो घरभित्र सर्प पस्यो लौन यसलाई भगाउन मद्त गर’! परेवाले भन्यो- ‘त्यो तेरो समस्या हो’। मुसा डराएको थियो। परेवाले सहायता नगरेपछि भाले ठाउँमा गएर आफ्नो समस्या बतायो। भालेले पनि त्यहि भन्यो -‘ त्यो तेरो समस्या हो आफै सुल्टा’। फेरि हतासिदै बोका समक्ष गयो- लौन! बोका दाजु मेरो दुलोमा सर्प घुस्यो यसलाई भगाउन मद्त गरिदिनुहोस्। नत्र भने सर्पले मलाई खाइदिन्छ’। बोकोले पनि त्यहि निराशजनक जवाफ दिएपछि मुसा निराश हुदै दुलोको छेउमा गएर बस्यो। केही समय कुरेपछि रात पर्यो। सर्पको केही हलचल नभपछि साहेद दुलो बाटो फिर्ता गयो होला भन्ने ठानेर मुसा दुलो भित्र पस्यो।

सर्प मुसाको बाटो कुरेर बसेको थियो। मुसा दुलो भित्र पस्न साथ झम्टेर मुखमा मिलायो र खायो।

भोलिपल्ट बिहान भयो सबै जनाबर आफ्नो खाना खाने ठाउँमा जम्मा भए तर मुसा भने आएन। मालिक मुसाले आज किन ढिला गर्यो त भनेर मुसाको दुलो तिर जान्छ। सर्प मुसा खाएर तेहि दुलोमा आनन्दले गुन्डलि मारेर बसेको थियो। सर्पको पुच्छर दुलाको मुख बाहिर निक्लेको थियो। मालिकले मुसाको पुच्छर ठानेर पुच्छर समाएर बाहिर तान्छ सर्पले पर्केर मालिकको हातमा टोकि दिन्छ।

मालिक हतारिदै परेवालाई बोलाउछ र परेवाको मलद्वार सर्पले टोकेको ठाउँमा मिलाएर सर्पको जहर निकल्छ। सर्पको जहर परेवाको शरिरमा सर्छ अनि परेवा तुरन्तै मर्छ।

उता मलिक आफ्नो ज्यान बचेकोमा खुशी हुन्छ, यसै खुशियालीमा भालेलाई काटेर खान्छ। अनि आफुलाइ सर्पले टोकेर ज्यान बचेको कुरा आफ्ना आफन्तहरूलाई बोलाएर खुशियालीमा बोकालाई काटेर खान्छ।

सबैले बिचरा मुसाको समस्याको हल निकालेको भए कोहीको पनि ज्यान जाने थिएन।

त्यसैले: समाजमा बसेपछि हर कोहीको समस्या भएपछि त्यो समस्या तपाई हामीसँग जोडिएको हुन्छ, त्यसैले त समाज बनाएर बसेका हुन्छौ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...