News Portal

  • कार्तिक २३ गते शुक्रबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १०१३ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक २३ गते शुक्रबार || सन् २०२४ नोभेम्बर ८ तारिख || नेपाल सम्बत ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बन्न लागेको काम अचानक बिग्रन सक्ने योग भएकोले आजको दिन विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउने र नियमित कार्यमा समेत अवरोध हुन सक्छ । अर्काको काममा समय बित्न सक्छ । चुनौतीका बाबजुद आत्मविश्वास चाहिँ बढ्ने योग छ । रोकिएको काम अघि बढ्ला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    शुभदायी दिन छ । सामान्य प्रयास या परिश्रमबाट पनि अरुको विश्वास जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने समय छ । आम्दानी राम्रै हिसाबले बढ्नेछ भने नयाँ योजनाहरु पनि बन्न सक्नेछन् । पठनपाठनमा प्रगति होला । धनलाभ हुने र सामाजिक प्रतिष्ठा बढ्ने योग छ । आँट र आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन कामहरु सजिलै बन्नेछन् । भौतिक साधन जुट्ने र नउठ्ने रकम उठ्ने समय छ । जाँगर बढेर मन प्रफुल्ल रहला । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । फलदायी यात्रा होला । रसरागको भाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त हुनेछ । पराक्रम बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन केही चुनौतीयुक्त रहला । जोखिममा नपर्नु बेस हुनेछ । छरछिमेकमा विवाद या झगडा हुनसक्ने योग छ, सावधान रहनु हितकर होला । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने गलत विचार बढ्ने देखिन्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । आलस्यता छाउने समय छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज शरीरमा खासै जाँगर पैदा नभएपनि व्यापारमा सफलताले मन रमाउने दिन छ । जागिरमा हुनेलाई आलश्यले सताउनेछ । नयाँ काममा समयमात्र बित्नेछ र पनि धनलाभ हुने योग छ । सामाजिक कार्यमा मान सम्मान मिल्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्ने समय छ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यस्तता वृद्धि हुनेछ तर, बोलीकै भरमा महत्वपूर्ण काम सहज हुने समय छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । धार्मिक काममा मन जाला । हरेका कार्यका लागि उत्साहजनक दिन छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम र धन बढ्ला ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    केही खर्च लागे पनि सोचेको काम बन्ने दिन छ । तर, सन्तान पक्षबाट भने खोजेजस्तो सहयोग मिल्ने देखिन्न । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाला । मित्रजनको साथ-सहयोग रहनेछ । पराक्रम र आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ, तर स्वास्थ्यप्रति विशेष सजग रहनुपर्ने समय छ । उपचारमा खर्च हुने योग छ, अन्य खर्च पनि कम गर्न विशेष मिहेनत गर्नु उचित हुनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ने देखिन्छ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने क्षमता कायम रहला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आय वृद्धि हुने समय छ । नयाँ कामको अवसर मिल्ला । विभिन्न अवसरले पछ्याउनेछन् भने स्वास्थ्यस्थिति पनि राम्रो रहला । कामको जाँगर बढ्नेछ । मिष्ठान्न भोजन जुर्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आँटे-गरेका काम सम्पन्न भइ धनलाभ हुने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । कमाइ बढ्नाले सुख वृद्धि हुनेछ । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । नियमकानूनले साथ दिनले दायित्व पूरा गर्नुहुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    भाग्योदयको समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ भने यात्राको लागि एकदम राम्रो दिन छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । साथीभाइसँग भेटघाट होला । रोकिएका कामहरू बन्नेछन् । धनलाभको योग छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    समय त्यति राम्रो छैन, गलत विचार बढ्नाले समयमा सही निर्णय गर्न नसकिएला । सोचेअनुसार काम बन्न कठिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा ब्यहोर्नुपर्ने सम्भावना भएकोले विशेष सावधान रहनु हितकर होला । प्रतिकुलतामा पनि आफन्तको साथ मिल्नेछ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...