News Portal

  • कार्तिक १८ गते आईतबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १२९८ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक १८ गते आईतबार || सन् २०२४ नोभेम्बर ३ तारिख || नेपाल सम्बत ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन मन नलागेको कामको बाध्यताले आलमलमा पार्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिने सम्भावना छ । अस्वस्थताले काममा बाधा पुऱ्याउने योग रहेकोले विशेष सावधानीका साथ कदम बढाउनुहोला । कृषिसम्बन्धी काममा चाप बढ्ला । तथापि, तपाईंको मेहनत खेर जाने छैन, धन आर्जन हुने समय छ । मित्रजनको साथ र मिष्ठान्न भोजनको अवसर जुर्ला ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    काममा केही चुनौती देखिए पनि मेहनतले लाभ नै दिलाउला । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदाकै योग छ । आयआर्जनका स्रोत बढ्ने समय छ । वादविवादको सामना गर्नुपर्ने देखिन्छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले विशेष सचेतनाका साथ व्यवहार गर्नु हितकर होला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    समय शुभदायी छ । शत्रु र रोगबाट छुटकारा मिल्न सक्छ । मुद्दा-मामिलामा पनि विजयी भइएला । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ, तर नियमित व्यवसायिक कर्ममा आवश्यक सतर्कता नपुग्नाले काममा व्यवधान पैदा हुन सक्छ, सावधान रहनुहोला । नवीन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने दिन छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    नयाँ कामको प्रस्ताव आउनसक्ने र सहयोगीहरू प्रशस्तै भेटिने समय छ । कामबाट सजिलै फुर्सद पाइनेछ भने प्रसन्नता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । टाढिएका सन्तानलाई अभिभावकको सम्झनाले सताउन सक्छ । धनार्जनको योग छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा लाभ पुग्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय भएपनि नयाँ योजना कार्यान्वयनमा केही चुनौती खडा हुन सक्छ । आफू केही कमजोर भएको अनुभूति होला । तथापि, व्यवसायमा लगानी बढाउन सकिनेछ भने व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको सेवामा समय दिन नसकिएला ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ । महत्वपूर्ण कार्यमा भने अस्वस्थताले ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । केही खर्चको योग छ । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नु उचित होला । मनोरञ्जनमा अलमलिनाले लक्ष्यप्राप्तिमा बाधा पुग्न सक्छ, सचेत रहनुहोला ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । कर्मको उचित प्रतिफल पाइने तथा विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्ने योग छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । घरपरिवारबाट सुखशान्ति मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । समग्रमा दिन राम्रै रहला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ, जसले नियमित कार्यमा प्रभाव पार्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । ज्यादा प्रयत्नका बाबजुद उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । नसोचेको ठाउँमा पैसा खर्च होला । व्यर्थको खर्चले मन पिरोल्न सक्छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । रसरागको भाव वृद्धि हुनेछ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धाको सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ, आफ्नै प्रयत्नले काम बन्ने योग छ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु अघि बढाउनु हितकर हुनेछ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । सोखले खर्च बढाउन सक्छ । यात्रागत कार्यमा विशेष लाभ होला ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले मन उत्साहित रहला । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । धन संग्रहको योग छ । मानसम्मान पाउनुका साथै आम्दानी बढ्ला । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सचेत भइ व्यवहार गर्नु उचित हुनेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...