News Portal

सलमानको घरमा गोली प्रहार प्रकरणमा लरेन्सका भाइ अनमोललाई अमेरिकाबाट फिर्ता ल्याउने प्रक्रिया सुरु

हिमालीसंचार संवाददाता
३३६ पटक

लरेन्स बिश्नोई र उनका भाइ अनमोल। तस्बिर: एएनआई।


एजेन्सी। भारतस्थित मुम्बई प्रहरीको अपराध शाखाले गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट भारत ल्याउने प्रक्रिया सुरु गरेको छ।

बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानिएको प्रकरणमा अनमोल मुम्बई पुलिसको वान्टेड सूचीमा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्र संगठित अपराध नियन्त्रण कानुन (मकोका) सम्बन्धी मुद्दाअन्तर्गत विशेष अदालतले अनमोल बिश्नोईको गिरफ्तारीका लागि गैरजमानती वारेन्ट जारी गरेको छ।

अमेरिकाले अनमोल आफ्नो देशमा रहेको बताएको छ। सूचना आएपछि मुम्बई प्रहरीको अपराध शाखाले उनको सुपुर्दगी प्रक्रिया सुरु गरेको हो।

मुम्बई पुलिस अनमोलको सुपुर्दगीको औपचारिकता पूरा गर्न अदालतका केही कागजात पर्खिरहेको छ। त्यसपछि थप प्रक्रियाका लागि केन्द्र सरकारलाई औपचारिक प्रस्ताव पठाइनेछ।

स्रोतका अनुसार अनमोललाई विदेशमा खोज्न रेड कर्नर नोटिस पनि जारी गरिएको छ। अमेरिकाबाट अलर्ट आउनुअघि अनमोल क्यानडामा रहेको आशंका गरिएको थियो।

वान्टेड सूचीमा अनमोल !

भारतको आतंकवाद काउन्टर एजेन्सी राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले गत महिना अनमोललाई वान्टेड लिस्टमा समावेश गरेको हो।

उनलाई पक्राउ गर्नेलाई १० लाख भारती रुपैयाँ पुरस्कारको घोषणा पनि गरिएको छ। सन् २०२२ मा गायक सिद्धु मूसेवालाको हत्यापछि लरेन्स बिश्नोईको गिरोह चर्चामा आएको हो।

यसै वर्ष अप्रिलमा अभिनेता सलमान खानको घरबाहिर गोली चलाइएको थियो। जसको जिम्मेवारी यही गिरोहले लिएको छ।

यस प्रकरणमा मुम्बई प्रहरीले लरेन्स बिश्नोई, उनका भाइ अनमोल र क्यानडास्थित ग्याङस्टर गोल्डी ब्रारलाई यस मामिलामा आरोपित बनाएको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...