News Portal

दामलाे मुखाडि बनाउन व्यापारीहरू व्यस्त

रबिन्द्र बराल
२६५ पटक

माेरङ– माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित रमनपुर गाउँका ३ सय  घरपरिवार भन्दा बडि सर्वसाधारणहरुलाई अहिले  भ्याईन भ्याई  भईरहेकाे छ ।

नेपालीहरुकाे  महान चाड तिहार  पर्व  नजिकिदै जाँदा  उनिहरुकाे घर आँगनमा   रंगि विरंगि देखिन थालेको छ । घरका सबै जना एकै ठाउँमा   बसेर  सनपाट ( पटुवा) काे माध्यमबाट उनिहरुले  डाेरी,दाम्लाे,मुखाडि,जाबी बनाउदै गरेको देख्न सकिन्छ ।

सनपाटलाई   टेडुवामा थाेरै थाेरै मात्रामा गरेर बाट्ने गर्दे छन । टेडुवामा  बाटिएकाे डाेरीलाई   निकालेर दामलाे, डाेरी र मुखाडि बनाउने काम गर्देछन ।   डाेरी  बनाईएकाे  उनीहरुले राताे, पहेलाे र हरियो रंग    दामलाे , मुखाडी  मा लगाएर  घाममा सुकाई रहेको  दृश्यहरु अहिले उक्त गाउँमा  देखिन  थालेको छ।

तराईमा  सबै जसाेकाे घरमा  गाई  गाेरु पाल्ने चलन समेत रहेको छ । भने सहर बजारमा पनि अहिले गाई पाल्न थालेका छन । धेरै जसाेले  लक्ष्मीकाे दिन बिहानै गाई  पुजा गरेर बेलुकी लक्ष्मी   पुजा  गर्ने चलन समेत रहेको छ ।

विशेष  गाई पुजाकाे दिन गाईलाई विशेष पुजा आजा गरेर मिठा मिठा खाने कुरा दिएर गाईकाे घाँटीमा नयाँ डाेरी, दामलाे र मुखाडि लगाएर  शरीर भरि विभिन्न प्रकारकाे रंग , माला , दामलाे , मुखाडि,  लगाएर बेहुली झै सिङ्गार्ने प्रचलन समेत रहेको हुनाले त्यसै दिनका लागि  साे गाउँ का दास(केवर ) जाति हरुले साे समयमा बडि बिक्रीवितरण हुने भएकोले डाेरी, मुखाडि बनाउने गरेका हुन । हरिलाल दासले भने आफुहरुले साउन महिना देखि याे सामाग्रीहरु बनाउन थालेकाे र तिहारमा बजारमा बडि बिक्रीवितरण हुने भएकोले ३ महिना अगाडि देखिनै बनाउन सुरु गरेको बताए । उनका अनुसार ४० केजि सन्पाटकाे ३ सय देखि ४ सय सम्म दामलाे र मुखाडि बन्ने गरेको बताए ।

बिगतका दिनहरुमा गाउँमा समेत गाई गाेरु बडि मात्रामा पाल्ने गरिन्थ्यो तर अहिले धेरैले पाल्न छाडेपछि बिक्रीवितरण समेत कम हुन थालेको हरिलालले बताए ।एउटा दामलाे बजारमा बिक्री गर्दे ३० रुपैयाँ मा बिक्री गर्नुपर्ने बाध्यता रहेकाे   बताए ।  बजारमा प्लास्टिककाे डाेरी आएकाे हुनाले आफु हरु लाई बडि मात्रामा समस्या परेको दुखेसाे गरे ।

बिगत १५ बर्ष अगाडि प्लास्टिक काे डाेरी वजारमा नहुदा यहीँ सन्पाटबाट बनाएकाे दामलाे , ५० देखि ६० रुपैयाँ प्रतिगाेटा मा बिक्री गरेर मन्गन्य आम्दानी गरेको  अनुभव सुनाए ।   घरमा बसेर श्रीमती ,छाेरा हरुले दामलाे मुखाडि बनाउने गर्देछन भने श्रीमान हरु उक्त दामलाेहरु बिक्रीवितरण गर्ने का लगि माेरङकाे रंगेली ,बिराटनगर , कर्सिया, रामचाेक , दाेहमना, सुनसरी काे ईटहरी, झुम्का , भान्टाबारी, लेटाङ, पथरी ,झापाकाे दमक, चाराली, बिर्तामोड , सिराहा ,जनकपुर , लगायतका ठाउँमा साईकलमा बिक्रीवितरण गर्नेका लागि जाने गरेको रुप नागरायण दासले बताए ।

साे गाउँका सयौं घर परिवारहरु  अहिले आफ्नाेे  पुर्खेउलि पेशबाट  आय   आर्जन गरिरहेका  छन ।  अहिले दैनिकी मुख हात जाेडनका लागि घरका सबै परिवार दामलाे मुखाडि बनाएर बिभिन्न ठाउँमा गएर बिक्रीवितरण गर्ने गरेको बताए । माेरङबाट रबिन्द्र बरालकाे रिपोर्ट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...