News Portal

आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तै भयो, यो विकृति रोक्छुः उर्जामन्त्री पुुन

हिमाली संचार संवाददाता
६१६ पटक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचार्इंमन्त्री वर्षमान पुुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर  किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकन गरेका मन्त्री पुनले जलविद्युत आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका समेत बताए ।

मन्त्री पुुनले किमाथांका आयोजना छलफलमार्फत  टुंग्याएर अघि बढ्ने बताए । उनका अनुसार उक्त आयोजना बनाउन चीन सरकारले चासो दिएको छ ।

मन्त्री पुुनले  तल्लो अरुण, अरुण चौथो आयोजना पनि चाँडै अघि बढाउँदै अरुण बेसिनलाई जलविद्युतको हब बनाउन लागिएको समेत बताए ।  ‘यसअन्तरगतका  सबै आयोजना अबको केही समयभित्रै निर्माणको चरणमा प्रवेश गर्ने छन्,’ उनले भने ।

अरुण तेस्रो भारतीय कम्पनी सतलजमार्फत निर्माण सुरु भएको र माथिल्लो अरुण पनि प्राधिकरणले निर्माण गर्न लागेको उनले बताए ।

ऊर्जामन्त्री पुनले आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तो मात्रै भएको टिप्पणी गर्दै अब आयोजनाहरु निर्माणको चरणमा लैजाने कुरामै सरकारको प्राथमिकता रहेको सुनाए ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...