News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कार्तिक १४ गते बुधबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ११९४ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक १४ गते बुधबार || सन् २०२४ अक्टोबर ३० तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता पनि बढ्ला । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त हुने देखिन्छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । आमोदप्रमोदको भाव पैदा हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने दिन छ । अन्यका हकमा पनि समय राम्रै छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । आर्थिक लाभ हुने कार्यमा उत्साहजनक फाइदा हुनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्नसक्ने सम्भावनाप्रति सचेत रहनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध पुग्नसक्ने समय भएपनि परिवारजनको साथले काममा उत्साह जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । दाम्पत्यजीवन सुखमय बन्ला । परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर भएको अनुभुति होला । आँट बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने समय छ । काममा भएको ढिलासुस्तीले चिन्ता बढाउन सक्छ, धैर्य राख्नुहोला । अप्रिय समाचारले दुःखी बनाउन सक्ने योग छ । यात्रागत कार्य सफल हुनेछ । सुख वृद्धि होला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन मिश्रित फलदायी रहला । राम्रै आम्दानी हुने रोजगारीको प्रस्ताव आउन सक्छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा पनि सोचेको फाइदा नउठ्ने योग छ । रसरागका कार्यमा आकर्षण बढ्ला ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    समय शुभदायी छ । व्यापारमा राम्रै फाइदा हुने र आँटेका काम समयमै सम्पादन हुने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । मित्रजनबाट विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । कार्यगति बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दिन अलिक असहजरूपले बित्ने देखिन्छ । आज अनावश्यक भ्रमण हुन सक्छ भने स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तर सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । यशवर्चश्व बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कर्मबल बढ्नेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । उद्योग र व्यापारमा फाइदा हुनेछ, सँगसँगै केही खर्च पनि बढ्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आजको दिन योजना र बजेट बनाइ कार्य गर्न विशेष प्रयत्न गर्नु उचित हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सानातिना काम र घरेलु समस्या देखापरेपनि रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइएला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन्, सचेत रहनु हितकर हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम समयमै सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुन सक्छ । आज मेहनतअनुसार फाइदा कमै होला । जोखिम बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मनमा कुनै कुरामा डरको भाव पैदा भएपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने कामको चापबाट फुर्सद पाइएला । दाम्पत्यसुख बढ्नेछ । भ्रमणमा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अरूको फाइदाका लागि उपयोग भइने दिन छ । परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्ने योग छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिकुलताका बाबजुद साहस कायम रहनेछ । समस्याको समाधान मिल्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...