News Portal

रास्वपाकाे प्रवास नेपाली सम्पर्क विभाग कुवेतद्वारा सभापति पक्राउको विरोध

हिमालीसंचार संवाददाता
५७३ पटक

कुवेत। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झुटो मुद्दामा पक्राउ गरिएकोप्रति रास्वपाकाे वैदेशिक संगठन प्रवास नेपाली सम्पर्क विभाग कुवेतले एक प्रेस विज्ञप्ति जारी गरेको छ।

साथै सरकारको उक्त कदमको घोर भर्सना गर्दै यो कदम तानाशाही सरकारको राजनीतिक शक्तिहरू प्रतिको राजनीतिक प्रतिशोध र नयाँ पार्टीहरूलाई उम्कन नदिने किसिमको सरकारको अराजक प्रवृत्तिले रास्वपालाई मिसन २०८४ लक्षित गर्ने मनसायका साथ पार्टीको मनोबललाई कमजोर पार्ने षड्यन्त्र हो, प्रवास संगठनका कार्यबहाक संयोजक मोहमद आलमगिर अंसारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

अंसारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई सहकारी ठगीको मुद्दामा संसदीय छानबिन समितिले पनि कुनै संलग्नता नरहेको पुष्टि गरेको हुँदा पनि सोही मुद्दामा सभापति लामिछानेलाई पटक पटक मानसिक यातना दिने र मनोबललाई कमजोर पार्ने मनसायले पक्राउ गरिनेमा राजनीतिक पूर्वाग्रह प्रेरित रास्वपालाई आउँदो स्थानीय चुनाव विफल पार्ने मनसायले यो कदम चालेको ठहर छ, विज्ञप्तिमा भनिएको छ।

सभापति लामिछानेले अनुसन्धानलाई सघाउन सहयोग गर्ने भनेका छन् तर, कथम कदाचित राजनीतिक प्रतिशोधको जस्तो देखिन्छ भने रास्वपाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

प्रवास नेपाली सम्पर्क विभाग कुवेतको प्रेस विज्ञप्ति यस्तो छ:-

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...